नेपाल हेल्थ न्युज, काठमाडौं । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु) अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी डा. अनुप बाँस्तोलालाई जिम्मेवारी दिइएको छ। स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्माले निर्वाचन आचारसंहिता लाग्नु एक दिन अघि, ४ माघमा डा. बाँस्तोला नियुक्त गर्नुभएको हो।
यसअघि टेकु अस्पतालका निर्देशक डा. युवानिधि बसौलालाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारीमा सरुवा गरिएको थियो।
मन्त्रालयका अनुसार, डा. बाँस्तोला कोभिड–१९ महामारीको समयमा टेकु अस्पतालमा निर्देशक रहिसक्नुभएको थियो र त्यसपछि विभिन्न विभाग तथा मन्त्रालयमा लामो अनुभव हासिल गर्नुभएको छ।
मन्त्रालय स्रोतका अनुसार ‘उहाँको सरुवा निर्णय आचारसंहिता लाग्नु अघि नै गरिएको हो, तर पत्र हिजो मात्र तयार भएको हो,’
प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

