नेपाल हेल्थ न्युज, काठमाडौं । सर्लाहीको मलङ्गवा नगरपालिका वडा नं ३ मा देखिएको दादुरा संक्रमणको रोकथामका लागि सरकारले आजबाट खोप अभियान सुरु गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय खोप कार्यक्रमले स्थानीय तह र साझेदारसँग मिलेर घरघरमा खोजपडताल, निगरानी, जनचेतना कार्यक्रम र आपतकालीन खोप अभियान सञ्चालन गर्दैछ।
बाल तथा खोप शाखाका अनुसार, मलङ्गवा नगरपालिका वडा नं ३ सँगै वडा नं २, ४, ८, ९, र १० का ६ महिना देखि १४ वर्षसम्मका बालबालिकालाई खोप दिइनेछ।
अहिलेसम्म उक्त क्षेत्रमा ७ जनामा दादुरा संक्रमण पुष्टि भएको छ भने २३ जना शंकास्पद केसको निगरानी भइरहेको छ। हालसम्म कुनै पनि बिरामी अस्पताल भर्ना तथा मृत्यु नभएको परिवार कल्याण महाशाखाले जनाएको छ।
प्रकाशित मिति: सोमबार, माघ १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
