नेपाल हेल्थ न्युज, काठमाडौं । सर्लाहीको मलङ्गवा नगरपालिका वडा नं ३ मा देखिएको दादुरा संक्रमणको रोकथामका लागि सरकारले आजबाट खोप अभियान सुरु गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय खोप कार्यक्रमले स्थानीय तह र साझेदारसँग मिलेर घरघरमा खोजपडताल, निगरानी, जनचेतना कार्यक्रम र आपतकालीन खोप अभियान सञ्चालन गर्दैछ।
बाल तथा खोप शाखाका अनुसार, मलङ्गवा नगरपालिका वडा नं ३ सँगै वडा नं २, ४, ८, ९, र १० का ६ महिना देखि १४ वर्षसम्मका बालबालिकालाई खोप दिइनेछ।
अहिलेसम्म उक्त क्षेत्रमा ७ जनामा दादुरा संक्रमण पुष्टि भएको छ भने २३ जना शंकास्पद केसको निगरानी भइरहेको छ। हालसम्म कुनै पनि बिरामी अस्पताल भर्ना तथा मृत्यु नभएको परिवार कल्याण महाशाखाले जनाएको छ।
प्रकाशित मिति: सोमबार, माघ १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३

