नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभागले प्रविधिमा आधारित स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी विवरण पेश गर्न थप १५ दिनको समय दिएको छ। विभागले नयाँ सूचना जारी गर्दै स्वदेशी उत्पादन गर्ने तथा आयात गर्ने कम्पनीहरूलाई तोकिएको अवधिभित्र आवश्यक विवरण बुझाउन भनेको हो।
यसअघि विभागले यस्ता सामग्रीको विवरण संकलनका लागि सात दिनको समयसीमा तोकेको थियो। तर सबै सम्बन्धित फर्मबाट विवरण प्राप्त नभएपछि दोस्रो पटक समय थप गरिएको विभागले जनाएको छ।
अर्थोपेडिक इम्प्लान्ट, इन–भिट्रो डायग्नोस्टिक उपकरण, अपरेशन थिएटरमा प्रयोग हुने सामग्री, कार्डियोभास्कुलर तथा सर्जिकल प्रयोजनका स्वास्थ्य उपकरण उत्पादन वा आयात गर्ने फर्महरूलाई सूचना लागू हुने विभागले स्पष्ट पारेको छ।
विभागका अनुसार अधिकांश कम्पनीहरूले विवरण बुझाइसकेका छन्। तर केही स्वदेशी उत्पादक तथा आयातकर्ताले सूचना नपाएकाले विवरण अद्यावधिक गर्न नसकेको जानकारी दिएपछि पुनः सूचना जारी गरिएको हो।
प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको उत्पादन, आयात, निर्यात तथा बिक्री–वितरणमा गुणस्तर सुनिश्चित गर्न र प्रभावकारी अनुगमन गर्न विभागले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका २०७४ लागू गरेको छ। सोही निर्देशिकाअनुसार विवरण संकलन प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएका हेमोडायलासिस मेसिन सञ्चालनमा
शुक्रबार, जेठ २९, २०८३

