नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको ७४औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागी चिकित्सकमध्ये करिब ४९ प्रतिशत मात्रै सफल भएका छन्।
मंगलबार र बुधबार सम्पन्न परीक्षामा कुल ९४३ जना सहभागी हुँदा ३७२ जना चिकित्सक उत्तीर्ण भएका छन्, जसको प्रतिशत ३९ दशमलव ४५ रहेको छ।
काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएसतर्फ गरी ९६७ जनाले आवेदन दिएका थिए, तर २४ जना परीक्षामा अनुपस्थित रहे।
एमबीबीएसतर्फ आवेदन दिएका ७९३ जनामध्ये ७७५ जना परीक्षामा सहभागी भएका थिए। तीमध्ये ३०० जना मात्र उत्तीर्ण हुन सफल भए। त्यस्तै, बीडीएसतर्फ १७४ जनाले फारम भरेकोमा १६८ जना परीक्षामा सहभागी भए र ७२ जनाले सफलता हासिल गरेका छन्।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
