नेपाल हेल्थ न्युज, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सहसंयोजक माधवकुमार नेपाल स्वास्थ्य जाँचका लागि अस्पताल भर्ना भएका छन्। चिसो मौसमका कारण उनीलाई रुघा, खोकी र हल्का ज्वरो देखिएकाले बुधबार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो।
उनका सहयोगी लक्ष्मण रेग्मीका अनुसार, हाल कुनै गम्भीर समस्या छैन। चिकित्सकको सल्लाह अनुसार एकदिन अस्पतालमा राखेर उपचार गरिने भएको र बिहीबार डिस्चार्ज गर्ने तयारी भइरहेको छ। रेग्मीले बताए अनुसार, सास फेर्न केही कठिनाई देखिएपछि सुरक्षा दृष्टिले अस्पतालमा जाँच गराइएको हो।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
