नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले तनहुँको दुलेगौंडास्थित जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको स्थलगत अनुगमन गर्नुभएको छ।
निरीक्षणको क्रममा मन्त्री शर्माले केन्द्रको वर्तमान अवस्था, सेवा प्रवाह र चुनौतीहरूको बारेमा विस्तृत जानकारी लिनुभयो। उहाँले केन्द्रको सेवा अझ प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधार र पूर्वाधार विकासमा मन्त्रालयको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अनुगमन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर ढकाल पनि उपस्थित हुनुहुन्थ्यो।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

