नेपाल हेल्थ न्युज, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सीटी स्क्यान मेसिन खरिदसँग सम्बन्धित अनियमिततामा तत्कालीन उपकुलपति प्रा. डा. संगीतासिंह भण्डारीसहित १९ व्यक्ति र एक निजी कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको अभियोगमा प्रतिष्ठानका पदाधिकारी, कर्मचारी तथा खरिद प्रक्रियामा संलग्न कम्पनीका प्रतिनिधिहरू समेटिएका छन्।
आयोगले उनीहरूबाट करिब ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रूपैयाँ बिगो मागदाबी गरेको जनाएको छ।
प्रतिवादी बनाइएकाहरूमा तत्कालीन उपकुलपति भण्डारी, रजिष्ट्रार कैलाशप्रसाद देव, तत्कालीन निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभाग प्रमुख डा. बोम बीसी, बायोमेडिकल इन्जिनियरहरू शरद भण्डारी र आशुतोष भण्डारी, कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, हिमालयन मेडिटेक प्रालि कम्पनी र यसका प्रतिनिधि अमर श्रेष्ठ र सन्जु राजकर्णिकारलगायत रहेको अख्तियारले जनाएको छ ।
आयोगका अनुसार प्रतिष्ठानका लागि १२८ स्लाइसको सीटी स्क्यान मेसिन खरिद गर्दा आवश्यकताको स्पष्ट मूल्यांकन र गुरुयोजना तयार नगरी प्रक्रिया अघि बढाइएको थियो। साथै, बोलपत्र खोल्नुअघि नै प्राविधिक मापदण्डमा अस्वाभाविक परिवर्तन गरी निश्चित कम्पनीलाई लाभ पुग्ने वातावरण सिर्जना गरिएको र मेसिनको गुणस्तरबारे भ्रामक प्रतिवेदन तयार पारिएको आरोप लगाइएको छ।
चिकित्सकको आन्दोलनपछि पर्सामा एसपी हेरफेर, भट्टराई पुगे प्रमुखको जिम्मेवारीमा
बुधबार, साउन १३, २०८३
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
