नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ८ सय ३२ वटा नयाँ फार्मेसी दर्ता भएका छन् भने ७ सय ४ वटा फार्मेसीको दर्ता रद्ध गरिएको छ।
खारेज गरिएका फार्मेसीमध्ये सबैभन्दा धेरै काठमाडौँ क्षेत्रका २ सय ३८ वटा रहेका छन्। त्यसपछि विराटनगर शाखाबाट २ सय १७, वीरगञ्ज शाखाबाट १ सय १९ र नेपालगञ्ज शाखाबाट १ सय ३० वटा फार्मेसी खारेज गरिएको विभागले जनाएको छ।
उक्त अवधिमा ७२ प्रकारका नयाँ विदेशी औषधि दर्ता भएको जानकारी दिइएको छ। साथै औषधि मूल्यांकन तथा दर्ता महाशाखाले १ सय ६६ उद्योगलाई नयाँ उत्पादन अनुमति प्रदान गरेको छ भने ९ सय ३ वटा उत्पादन अनुमति नवीकरण गरिएको जनाएको छ।
अनुगमन, मूल्यांकन तथा कानुन कार्यान्वयन महाशाखाले पहिलो त्रैमासिकमा ६ सय १० वटा औषधि पसल निरीक्षण गर्ने लक्ष्य राखेकोमा ४ सय २० वटा पसल निरीक्षण गर्न सफल भएको छ, जुन लक्ष्यको ६८ दशमलव ८५ प्रतिशत हो।
यद्यपि उद्योग निरीक्षणतर्फ भने लक्ष्यभन्दा बढी प्रगति भएको छ। निर्धारित २७ उद्योग निरीक्षण गर्ने लक्ष्य भए पनि २९ वटा उद्योग निरीक्षण गरिएको विभागको प्रतिवेदनमा उल्लेख छ।
यसैगरी सो अवधिमा १२ वटा स्वदेशी औषधि उद्योगलाई डब्लुएचओ–जीएमपी प्रमाणपत्र प्रदान गरिएको छ। औषधि उत्पादन कुशल अभ्यास प्रमाणीकरण ७ वटा, फार्मेसी निलम्बन ७ वटा तथा १२ वटा मुद्दा दायर गरिएको विवरण सार्वजनिक गरिएको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
