नेपाल हेल्थ न्युज, जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यू–एच–ओ) को कार्यकारी बोर्ड अन्तर्गतको ४३औँ कार्यक्रम, बजेट तथा प्रशासन समिति (पीबीएसी) को बैठकमा नेपालले सशक्त र प्रभावकारी सहभागिता जनाएको छ । नेपालका तर्फबाट डा. भीमप्रसाद सापकोटाले उक्त बैठकमा सक्रिय भूमिका निर्वाह गर्नुभएको हो ।
सन् २०२६ र २०२७ का लागि (पीबीएसी) सदस्यका रूपमा निर्वाचित डा. सापकोटाले सन् २०२६ जनवरी २८ देखि ३० सम्म जेनेभामा आयोजित बैठकमा समितिको सदस्यको हैसियतले ६ वटा महत्वपूर्ण एजेण्डामा नेपालको धारणा स्पष्ट रूपमा प्रस्तुत गर्नुभयो ।
बैठकका क्रममा डा. सापकोटाले विश्वव्यापी सन्दर्भमा (डब्ल्यू–एच–ओ) को ‘बिजनेस म्यानेजमेन्ट सिस्टम’ मा सुधार आवश्यक रहेको औंल्याउनुभयो । साथै सन् २०२६–२०२७ का लागि दिगो वित्तीय मोडेल विकास गर्नुपर्ने र संगठनको शासन प्रणालीलाई अझ चुस्त, पारदर्शी र प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले (ग्लोबल हेल्थ आर्किटेक्चर) मा सुधारको आवश्यकता औंल्याउँदै युएन पहलको महत्वसमेत उल्लेख गर्नुभयो । साथै संगठनका कार्यक्रम र मानव संसाधनलाई पुनः प्राथमिकीकरण तथा एकीकृत गर्दै उपलब्ध स्रोत र साधनको उचित र प्रभावकारी सदुपयोग गर्नुपर्ने विषयमा विशेष जोड दिनुभएको थियो ।
पीबीएसी बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिएका यी धारणा र सुझावहरूले विश्व स्वास्थ्य संगठनको भावी सुधार र दिगो सञ्चालनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएका हेमोडायलासिस मेसिन सञ्चालनमा
शुक्रबार, जेठ २९, २०८३

