नेपाल हेल्थ न्युज, पोखरा । गण्डकी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा. युवानिधि बसौलाले सम्हालेका छन्। बुधबारदेखि औपचारिक रूपमा कार्यभार ग्रहण गरेका सचिव बसौला मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पत्र लिएर स्वास्थ्य मन्त्रालय पुगेका थिए। सो अवसरमा प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले उनलाई स्वागत गरेका हुन्।
एघारौँ तहका कर्मचारी रहेका डा. बसौला यसअघि शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यकारी निर्देशकको रूपमा कार्यरत थिए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार गत २ माघमा बसेको मन्त्रिपरिषद् बैठकले डा. बसौलालाई गण्डकी प्रदेश मुख्य मन्त्री कार्यालय अन्तर्गत रहने गरी सरुवा गर्ने निर्णय गरेको थियो।
उही बैठकबाट गण्डकी प्रदेशका निवर्तमान स्वास्थ्य सचिव डा. विश्वबन्धु बगालेलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको थियो।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

