नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ। एयर क्वालिटी इन्डेक्स एक्युआई अनुसार दिउँसो १ः२५ बजेसम्म उपत्यकाको वायु गुणस्तर १५१ एक्युआई मापन गरिएको छ।
आज बिहान काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा परेको थियो भने हाल नवौँ स्थानमा छ। विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो रहेको छ, जहाँ २७३ एक्युआई मापन गरिएको छ।
वातावरण विभागका अनुसार सुक्खा मौसम, हावा नचल्नु, उद्योग–कलकारखानाको गतिविधि, विकास निर्माण तथा भारतबाट आउने सीमापार प्रदूषणका कारण वायु प्रदूषण बढेको हो। पानी नपरेसम्म प्रदूषण अझ बढ्न सक्ने चेतावनी दिइएको छ।
सरकारले फोहोर बाल्न रोक्ने, सडक सफाइ बढाउने तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
प्रकाशित मिति: आइतबार, माघ २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

