नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ। एयर क्वालिटी इन्डेक्स एक्युआई अनुसार दिउँसो १ः२५ बजेसम्म उपत्यकाको वायु गुणस्तर १५१ एक्युआई मापन गरिएको छ।
आज बिहान काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा परेको थियो भने हाल नवौँ स्थानमा छ। विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो रहेको छ, जहाँ २७३ एक्युआई मापन गरिएको छ।
वातावरण विभागका अनुसार सुक्खा मौसम, हावा नचल्नु, उद्योग–कलकारखानाको गतिविधि, विकास निर्माण तथा भारतबाट आउने सीमापार प्रदूषणका कारण वायु प्रदूषण बढेको हो। पानी नपरेसम्म प्रदूषण अझ बढ्न सक्ने चेतावनी दिइएको छ।
सरकारले फोहोर बाल्न रोक्ने, सडक सफाइ बढाउने तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
प्रकाशित मिति: आइतबार, माघ २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
