नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमा दाबी गर्दा न्यूनतम दररेट लागू गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ। बोर्डको मिति २०८२ साल पुस २४ गते बसेको बैठकको निर्णयअनुसार स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली (आई.एम.आई.एसमा) नयाँ व्यवस्था थप गरिएको हो।
स्वास्थ्य बीमा बोर्डका अनुसार अब सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले औषधि, शल्यक्रिया सामग्रीलगायत विभिन्न सेवाहरूमा दाबी गर्दा बोर्डले तोकेको दररेट र संस्थाले लिने दररेटमध्ये जुन न्यून छ, सोही दररेटमा मात्र दाबी गर्नुपर्नेछ।
नयाँ व्यवस्थाअन्तर्गत औषधि , शल्यक्रिया सामग्री तथा विभिन्न सेवाहरू जस्तै शल्यक्रिया प्याकेज, मेडिकल प्याकेज, प्रयोगशाला सेवा, सहायक उपकरण, फिजियोथेरापी, रेडियोलोजी र बेड शुल्कमा न्यूनतम दररेटका लागि आई.एम.आई.एस प्रणालीमा छुट्टै महल थप गरिएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ।
बोर्डले यो व्यवस्था मिति २०८२ साल फाल्गुन १ गतेदेखि अनिवार्य रूपमा कार्यान्वयन गर्न सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ। निर्णय कार्यान्वयनले बीमा दाबी प्रक्रियालाई पारदर्शी बनाउने, अनावश्यक खर्च नियन्त्रण गर्ने तथा बीमित नागरिकलाई गुणस्तरीय सेवा सुनिश्चित गर्ने विश्वास बोर्डले लिएको छ।
स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई उक्त निर्णयको पालना गर्न अनुरोध गर्दै तोकिएको मितिदेखि अनिवार्य रूपमा लागू गर्न आग्रह गरेको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
