नेभिगेशन

वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी

नेपाल हेल्थ न्युज, काठमाडौं । वीर अस्पतालले सेवाग्राहीका गुनासा, उजुरी तथा सुझावलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने उद्देश्यले ११ जना गुनासो सुन्ने अधिकारी नियुक्त गरेको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत रहेको अस्पतालले ‘गुनासो तथा उजुरी व्यवस्थापन तथा फर्छ्योट समिति’ गठन गर्दै उक्त व्यवस्था लागू गरेको हो। अस्पतालले ‘प्रत्येक आवाजको सम्मान, हरेक गुनासोको समाधान’ भन्ने नारासहित समितिलाई सक्रिय बनाएको जनाएको छ।

समितिको प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी डा. प्रकाश बुढाथोकीलाई दिइएको छ। त्यसैगरी डा. अनिप जोशी, डा. नरेन्द्र खनाल, डा. राजेन्द्र झा, डा. मनिष बज्राचार्य, डा. सुवज भट्टराई, सिद्धार्थ रञ्जित, सुनिता न्यौपाने, तारा बहादुर कुँवर, पूर्णिमा सिवाल र विद्याभूषण बजगाईंलाई गुनासो सुन्ने अधिकारीका रूपमा नियुक्त गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार सेवा प्रवाहलाई थप पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन समितिको गठन गरिएको हो। सेवाग्राहीबाट प्राप्त हुने गुनासा, उजुरी तथा सुझावलाई सेवा सुधारका लागि महत्त्वपूर्ण पृष्ठपोषणका रूपमा लिइने र ती विषयमा समयमै सुनुवाइ तथा आवश्यक समाधान गरिने अस्पताल प्रशासनले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट