नोपाल हेल्थ न्युज, काठमाडौं । प्रसूति सेवाका क्रममा एक महिलाको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले अस्पताल र उपचारमा संलग्न चिकित्सकको लापरबाही ठहर गर्दै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ।
अदालतले बानेश्वरस्थित एभरेस्ट अस्पताललाई ३० लाख रुपैयाँ र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीलाई ९ लाख रुपैयाँ गरी कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन फैसला गरेको हो।
उपभोक्ता अदालतका सूचना अधिकारी होमनाथ कँडेलका अनुसार उक्त आदेश अदालतको निर्णयअनुसार जारी गरिएको हो। यो मुद्दा गोठाटार निवासी मनिता शर्माको प्रसूति क्रममा मृत्यु भएपछि उनका श्रीमान् सुवास पराजुलीले दायर गरेका थिए। उनले चिकित्सक तथा अस्पतालको लापरबाहीका कारण श्रीमतीको ज्यान गएको दाबी गर्दै क्षतिपूर्तिको माग गरेका थिए।
फैसलामा उल्लेख भएअनुसार मनिता ३४ हप्ताकी गर्भवती थिइन् र गर्भावस्थाभर डा. ज्योत्सना शर्मा तिवारीको निगरानीमा नियमित स्वास्थ्य परीक्षण गराइरहेकी थिइन्। पेटको माथिल्लो भागमा असहज पीडा भएपछि चिकित्सकको सल्लाहअनुसार उनी मङ्सिर २५ गते एभरेस्ट अस्पताल पुगेकी थिइन्।
अस्पतालमा भर्ना भएपछि सोही दिन उनलाई सिजेरियन शल्यक्रियाका लागि अपरेसन थिएटर लगिएको थियो। शल्यक्रियामार्फत शिशुको जन्म भए पनि त्यसलगत्तै मनिताको मृत्यु भएको थियो।
अदालतले घटनाको अध्ययनपछि उपचार प्रक्रियामा अस्पताल र चिकित्सकको लापरबाही रहेको निष्कर्ष निकाल्दै पीडित परिवारको पक्षमा क्षतिपूर्तिको आदेश दिएको हो।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मनाइयो विश्व स्ट्रोक दिवस
बिहीबार, कात्तिक १२, २०८३
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग मन्त्री मेहताको कार्यसम्पादन सम्झौता
बिहीबार, कात्तिक १२, २०८३
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा कर्मचारी माग, कात्तिक २१ गतेसम्म आवेदन दिन सकिने
बिहीबार, कात्तिक १२, २०८३
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
