नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि गठित सिफारिस समितिले अन्तर्वार्ता तथा प्रस्तुतिकरणका लागि उम्मेदवार छनोट गरेको जनाएको छ।
मन्त्रालयले मिति २०८३ असार २ गते प्रकाशित सार्वजनिक सूचनाअनुसार प्राप्त दरखास्तहरूको सम्बन्धित कार्यविधिबमोजिम मूल्यांकन गरेपछि वर्णानुक्रमका आधारमा उम्मेदवारहरूको प्रारम्भिक सूची तयार गरिएको जनाएको हो।
मन्त्रालयद्वारा जारी सूचनाअनुसार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतका सार्वजनिक निकायका पदाधिकारीहरूको छनोट, सिफारिस तथा नियुक्ति सम्बन्धी कार्यविधि, २०८३ बमोजिम छनोट भएका उम्मेदवारहरूलाई अन्तर्वार्ता तथा प्रस्तुतिकरणका लागि बोलाइएको छ।
छनोट भएका उम्मेदवारहरूले कार्यविधिमा उल्लेख गरिएका आवश्यक कागजातहरूको सक्कल प्रति साथमा लिई तोकिएको मिति, समय र स्थानमा अन्तर्वार्तामा उपस्थित हुन मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले अन्य परिषद्, अस्पताल तथा बोर्डका पदाधिकारी छनोटसम्बन्धी विवरण क्रमशः सार्वजनिक गरिने पनि जनाएको छ।

टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

