नेपाल हेल्थ न्युज, हुम्ला । हुम्ला जिल्लाको एकमात्र जिल्ला अस्पतालमा एक्सरे सेवा विगत एक सातादेखि बन्द रहेको छ। एक्सरे मेसिनको क्यासेटमा समस्या आएपछि सेवा प्रभावित भएको अस्पताल स्रोतले जनाएको छ।
एक्सरे सेवा बन्द हुँदा दैनिक उपचारका लागि आउने बिरामीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। अस्पतालमा दैनिक १० देखि १५ जनासम्म एक्सरे आवश्यक पर्ने बिरामी फर्किन बाध्य भएका छन्।
अस्पतालमा एक्सरे मात्र नभई प्रयोगशालातर्फ पनि समस्या देखिएको छ। रगत परीक्षणका लागि आवश्यक केमिकल अभाव हुँदा मिर्गौला, कलेजो लगायतका रोगहरूको परीक्षण प्रभावित भएको बताइएको छ।
औषधितर्फ पनि अवस्था सहज छैन। सामान्यतया धेरै प्रयोग हुने पेरासिटामोलसमेत सकिएपछि स्थानीय हेल्थ एण्ड मेडिकल सेन्टरबाट ५०० ट्याब्लेट सापटी ल्याएर काम चलाइएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त प्रमुख भीम बुढाले जानकारी दिनुभएको छ। उहाँका अनुसार हाल करिब २०० ट्याब्लेट मात्र बाँकी रहेका छन् र थप औषधि मगाउने प्रक्रिया अघि बढाइएको छ।
एक्सरे मेसिन मर्मतका लागि करिब ३ देखि ४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। मर्मत कार्यका लागि निक्स साइमन्स इन्स्टिच्युटसँग समन्वय भइसकेको र चाँडै सेवा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको निमित्त प्रमुख बुढाले बताएका छन्।
अस्पतालमा देखिएको उपकरण र औषधि अभावले दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सेवा प्रभावित भएको छ। सम्बन्धित निकायले शीघ्र समाधानका लागि पहल गर्नुपर्ने स्थानीयवासीको माग रहेको छ।
४९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
बुधबार, माघ २८, २०८२
दर्ता नभएका नर्स र अनमीलाई सेवामा लगाए कारबाही हुने नर्सिङ परिषद्को निर्देशन
बुधबार, माघ २८, २०८२
डेन्टल सर्जन डा. आशा थापा एघारौँ तहमा बढुवा
बुधबार, माघ २८, २०८२
कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री
बुधबार, माघ २८, २०८२
