नेपाल हेल्थ न्युज, देउखुरी । लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत बढुवा समितिले एघारौँ तहका रिक्त पदहरूमा दुई जना कर्मचारीलाई बढुवाका लागि सिफारिस गरेको छ।
बढुवा समितिको सचिवालयका अनुसार मिति २०८२ माघ २८ गते बसेको बैठकले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा उक्त निर्णय गरेको हो। प्रदेश निजामती सेवा ऐन, २०८० को दफा ४२ बमोजिम सूचना प्रकाशन गरिएको जनाइएको छ।
प्रकाशित सूचनाअनुसार प्रदेश स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूहअन्तर्गत प्रमुख जनस्वास्थ्य प्रशासक पदमा रोशन लाल चौधरी लाई सिफारिस गरिएको छ।
यस्तै, प्रदेश स्वास्थ्य सेवा अन्तर्गत मेडिकल जनरलिस्ट समूहको प्रमुख कन्सल्टेन्ट मेडिकल सुपरिटेन्डेन्ट पदमा डा. मोहम्मद नुरुल होदा लाई बढुवाका लागि सिफारिस गरिएको छ।
यसअघि लुम्बिनी प्रदेश लोक सेवा आयोग, बुटवलले २०८२ मंसिर २६ गते एघारौँ तहका रिक्त पदहरूका लागि सूचना प्रकाशन गरेको थियो। सम्बन्धित पदमा बढुवा प्रक्रिया आवश्यक कानुनी प्रावधान पूरा गरेपछि अघि बढ्ने जनाइएको छ।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

