नेपाल हेल्थ न्युज, काठमाडौं । वीर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम मार्फत उपलब्ध गराइने औषधि सेवामा कटौती गरेको छ। यसअघि दीर्घकालीन रोगीहरूलाई तीन महिनासम्म औषधि उपलब्ध गराउने व्यवस्था रहेको थियो, तर अब उक्त सेवा एक महिनासम्म मात्र उपलब्ध हुनेछ। यो नयाँ व्यवस्था १ फागुनदेखि लागु हुने अस्पतालले जानकारी दिएको छ।
अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार, बीमा बोर्डले लामो समयदेखि भुक्तानी नगरेको कारण सेवा घटाउनुपरेको हो। डा. शर्माले बताए अनुसार, अस्पतालले बीमा मार्फत ४० करोड रुपैयाँभन्दा बढी रकम लिन बाँकी रहेको छ।
डा. शर्माले भने, “वीर अस्पताल गरिब र न्यून आय भएका बिरामीका लागि सेवा दिने उद्देश्यले सञ्चालन हुन्छ। सबै सेवा रोक्न नसक्ने अवस्था भएकाले सीमित सेवा मात्र उपलब्ध गराउन बाध्य भयौं।” उनले औषधि खरिद र उपकरण व्यवस्थापनमा भइरहेको चुनौतीसमेत औँल्याए।
स्वास्थ्य बीमा कार्यक्रम अहिले आर्थिक संकटमा छ। लामो समयदेखि भुक्तानी नपाउँदा केही अस्पतालहरूले समयसीमा तोकेर बीमा सेवामा रोक लगाउन थालेका छन्। बीमा बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई असार मसान्तसम्म करिब ११ अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी दिन बाँकी छ। यसले न केवल बिमित नागरिकलाई सेवाबाट वञ्चित बनाउने खतरा बढाएको छ, स्वास्थ्य बीमा कार्यक्रम नै जोखिममा पर्ने सम्भावना बढेको छ।
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

