नेपाल हेल्थ न्युज, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. विकास गौचन दक्षिण एसियाबाट सन् २०२६ का लागि मोन्टेगट ग्लोबल स्लोकलर अवार्ड का लागि चयन भएका छन्। यस पुरस्कारसँगै उनले ३५ सय अमेरिकी डलरको ग्रान्ट पनि प्राप्त गर्ने भएका छन्।
डा. गौचन हाल प्रतिष्ठानको जनरल प्राक्टिस र इमरजेन्सी मेडिसिन विभागमा प्राध्यापकका रूपमा कार्यरत छन्। उनले स्वास्थ्य प्रणाली सुधारका लागि प्राथमिक उपचारलाई सुदृढ बनाउन, स्वास्थ्य बीमा सबैको पहुँचमा पुर्याउन, र एमडीजीपी विशेषज्ञ चिकित्सकहरूको स्थायी दरबन्दी बढाउन सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
उनले भनेका छन् कि प्राथमिक र आकस्मिक चिकित्सा प्रणाली सुधार गरी व्यक्तिगत खर्चमा आधारित स्वास्थ्य सेवामा कमी ल्याउनु अहिलेको स्वास्थ्य प्राथमिकता हुनुपर्ने हो।
डा. गौचन विश्व पारिवारिक चिकित्सक संगठन (वन्का) को दक्षिण एसियाली कार्यकारिणी समितिको कोषाध्यक्ष, वन्का रुरल दक्षिण एसिया सहअध्यक्ष, लेखा समिति सदस्य तथा प्राथमिक र आकस्मिक चिकित्सक संघ नेपालका महासचिवसमेत हुन्
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
