नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनमा तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ।
पार्टीका सभापति गगन थापाले जनकपुरस्थित तिरहुतिया क्षेत्रमा आयोजित कार्यक्रममा उक्त दस्तावेज सार्वजनिक गरेका हुन्। कार्यक्रममा पार्टीका शीर्ष नेताहरू तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार यसपटकको दस्तावेज जिम्मेवारी, स्पष्ट दृष्टिकोण र ठोस संकल्पमा आधारित छ। उनले नेपाललाई उत्कृष्ट राष्ट्रका रूपमा अघि बढाउने लक्ष्यसहित कार्ययोजना समेटिएको दाबी गरे।
पत्रकार सम्मेलनमा बोल्दै उनले प्रतिवद्धतापत्रका प्रत्येक बुँदाको स्पष्ट उद्देश्य रहेको र त्यसको कार्यान्वयनका आधारमा पार्टीको कार्यसम्पादन मूल्यांकन हुनुपर्ने धारणा राखे। सम्मानपूर्वक जीवनयापन गर्न पाउने नेपालदेखि समुन्नत राष्ट्र निर्माणसम्मको रूपरेखा प्रस्तुत गरिएको उनको भनाइ थियो।
उनका अनुसार यो दस्तावेज केवल औपचारिक घोषणापत्र नभई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धतासहित तयार गरिएको हो। ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने नारालाई व्यवहारमा उतार्ने लक्ष्य पार्टीले राखेको छ।
कांग्रेसले आफ्नो प्रतिवद्धतालाई सरल भाषामा प्रस्तुत गर्दै यसलाई ‘भिजन–१०’ को संक्षिप्त रूपका रूपमा व्याख्या गरेको छ। उक्त अवधारणामा दीर्घकालीन विकास, सुशासन र समृद्धितर्फ उन्मुख नेपाल निर्माणको परिकल्पना गरिएको छ।
यस्ता छन् भिजन-१०
१. कांग्रेसको भएर बाँच्ने नेपाल
२. सपना देख्न सक्ने नेपाल
३. सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४. पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५. ओखती र ओत दिने नेपाल
६. छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७. बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८. भौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल
९. विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१०. समुन्नतिमा लम्कने नेपाल
चिकित्सकको आन्दोलनपछि पर्सामा एसपी हेरफेर, भट्टराई पुगे प्रमुखको जिम्मेवारीमा
बुधबार, साउन १३, २०८३
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
