नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अस्वस्थ भएपछि काठमाडौंतर्फ फर्किएका छन्। पार्टी स्रोतका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनी सुर्खेतबाट हवाईमार्ग हुँदै राजधानी आएका हुन्।
उहाँको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। शुक्रबार दाङमा तय गरिएको कार्यक्रममा सहभागी हुने वा नहुनेबारे पनि अन्योल रहेको जनाइएको छ। यदि दाङ पुग्न नसके भैरहवामा हुने अर्को कार्यक्रममा भने सहभागी हुने सम्भावना रहेको नेताहरूले बताएका छन्।
दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय निर्वाचन लक्षित कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा पार्टी सभापति रवि लामिछाने सहित शीर्ष नेताहरूको उपस्थिति रहने तयारी थियो। बालेनको आगमनको खबरपछि स्वागतका लागि समर्थकहरू विभिन्न स्थानमा भेला भएका थिए। तर उनी काठमाडौं फर्किएको सूचना पाएपछि केही समर्थक निराश बनेका थिए।
यसअघि रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १०० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको थियो, जहाँ बालेन सहभागी भएका थिए।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

