नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वास्थ्यकर्मीहरुलाई नखटाउन निर्वाचन आयोगसँग आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विगतका निर्वाचनमा स्वास्थ्यकर्मीलाई निर्वाचन कार्यमा खटाउँदा आकस्मिक तथा नियमित उपचार सेवामा असर परेको निष्कर्ष निकालिएको हो।
त्यसैले यसपटक स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले स्वास्थ्यकर्मीलाई चुनावी काममा नखटाउन अनुरोध गरिएको उनले बताए।
उनले निर्वाचनमा निजामती कर्मचारी र शिक्षकलाई अधिकतम प्रयोग गर्न सुझाउँदै स्वास्थ्यकर्मीहरू भने सम्भावित झडप र आकस्मिक अवस्थाका लागि तयारी अवस्थामा बस्नुपर्ने बताए। खटाउनै परेमा विकल्प तयार गरेर मात्र खटाउनुपर्ने उनको भनाइ छ।
मन्त्रालयले निर्वाचन लक्षित पूर्वतयारीसमेत थालेको जनाएको छ। मन्त्रालयअन्तर्गतको एचईओसीमार्फत इमरजेन्सी टिम, हब तथा सेटलाइट अस्पताल, एम्बुलेन्स नेटवर्क र र्यापिड रेस्पोन्स टिमलाई सक्रिय बनाइएको बताइएको छ। सम्भावित झडपबाट हुने चोटपटकको उपचारका लागि आवश्यक जनशक्ति र औषधिको व्यवस्थापनसमेत भइरहेको मन्त्रालयले जनाएको छ।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

