नेपाल हेल्थ न्युज, काठमामडौं । काठमाडौंमा आयोजित ‘क्रिकसल’ क्रिकेट प्रतियोगिताको उपाधि नेपाल फर्मास्युटिकल्स ल्याबोरेटोरी (एनपीएल) ले जितेको छ। नेपाल औषधी उत्पादक संघ (एपोन) को मार्केटिङ सर्कलद्वारा नेपाल फर्मा एक्स्पो २०८२ को अवसरमा आयोजना गरिएको प्रतियोगिताको फाइनलमा एनपीएलले एशियन फर्मास्युटिकल्सलाई हराउँदै च्याम्पियन बनेको हो।
विजेता एनपीएलले नगद ३० हजार रुपैयाँसहित ट्रफी जित्यो भने उपविजेता एशियनले १५ हजार रुपैयाँ प्राप्त गर्यो। प्रतियोगितामा देशका आठ प्रतिष्ठित औषधि उद्योगहरूको सहभागिता थियो।
आयोजकका अनुसार उद्योगका कर्मचारी र बजार प्रतिनिधिहरूबीच सहकार्य, भाइचारा र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको हो।
यो प्रतियोगिता आगामी फागुन २८–३० (मार्च १२–१४) मा भृकुटीमण्डपमा हुने ‘नेपाल फर्मा एक्स्पो २०२६’ को प्रवर्द्धनात्मक कार्यक्रमको रूपमा आयोजना गरिएको हो।
प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

