नेपाल हेल्थ न्युज, काठमामडौं । काठमाडौंमा आयोजित ‘क्रिकसल’ क्रिकेट प्रतियोगिताको उपाधि नेपाल फर्मास्युटिकल्स ल्याबोरेटोरी (एनपीएल) ले जितेको छ। नेपाल औषधी उत्पादक संघ (एपोन) को मार्केटिङ सर्कलद्वारा नेपाल फर्मा एक्स्पो २०८२ को अवसरमा आयोजना गरिएको प्रतियोगिताको फाइनलमा एनपीएलले एशियन फर्मास्युटिकल्सलाई हराउँदै च्याम्पियन बनेको हो।
विजेता एनपीएलले नगद ३० हजार रुपैयाँसहित ट्रफी जित्यो भने उपविजेता एशियनले १५ हजार रुपैयाँ प्राप्त गर्यो। प्रतियोगितामा देशका आठ प्रतिष्ठित औषधि उद्योगहरूको सहभागिता थियो।
आयोजकका अनुसार उद्योगका कर्मचारी र बजार प्रतिनिधिहरूबीच सहकार्य, भाइचारा र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको हो।
यो प्रतियोगिता आगामी फागुन २८–३० (मार्च १२–१४) मा भृकुटीमण्डपमा हुने ‘नेपाल फर्मा एक्स्पो २०२६’ को प्रवर्द्धनात्मक कार्यक्रमको रूपमा आयोजना गरिएको हो।
प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
