नेपाल हेल्थ न्युज, काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। घाइतेमध्ये एक जनाको काठमाडौंस्थित ट्रमा सेन्टर मा उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या बढेको हो। मृतक स्याङ्जा निवासी रहेको प्रहरीले जनाएको छ।
बस गएराति करिब १ बजे धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा बाट तल खस्दै त्रिशूली नदी किनारमा पुगेको थियो। दुर्घटनास्थलमै १७ जनाको ज्यान गएको थियो।
बसमा ४४ जना सवार रहेकामा २७ जनालाई उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पतालमा पठाइएको छ। केही घाइतेलाई मलेखु र जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि रेफर गरिएको छ।
रातिको समयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय र्याफ्टिङ व्यवसायीको सहयोगमा उद्धार गरिएको थियो। अँध्यारो, दुर्गम स्थान र उद्धार सामग्री अभावका कारण उद्धार कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारीले बताएका छन्।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

