नेपाल हेल्थ न्युज, काठमाडौं । कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालले ३४ औँ वार्षिकोत्सव मनाएको छ। अवसरमा अस्पतालले निःशुल्क हाडजोर्नी, नशा सम्बन्धी स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको थियो।
वार्षिकोत्सवको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरे भने ६० जना बिरामीले निःशुल्क सेवा र परामर्श लिएका थिए। अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजालका अनुसार, अस्पतालमा दैनिक २०० जना ओपिडी बिरामी आउने गरेका छन् र तीमध्ये ३० जना बिरामी दैनिक भर्ना हुने गरेका छन्।
अस्पतालका निर्देशक रुपेश अधिकारीले प्राकृतिक चिकित्साप्रति बिरामीहरुको आकर्षण बढेको बताउँदै, एलोपेथिक उपचारमा ठीक नभएका बिरामीहरुका लागि प्राकृतिक उपचार लाभदायक सावित भएको जानकारी दिनुभयो।
अस्पतालमा हाडजोर्नी, नशा, प्यारालाइसिस, डिस्क प्रोल्याप्स, बाथ, यूरिक एसिड लगायतका उपचार हानिरहित थेरापी, मसाज र अन्य प्राकृतिक विधिमार्फत गरिने छ।
वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी पुरस्कार प्राकृतिक चिकित्सक डा. गिता केसीलाई प्रदान गरिएको छ। उहाँलाई ११ हजार नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
