नेपाल हेल्थ न्युज, रामेछाप । रामेछाप नगरपालिका वडा नं. २ देउरालीमा निर्वाचन गराउन जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा एक प्रहरीको ज्यान गएको पुष्टि भएको छ।
स्थानीय स्रोतका अनुसार निर्वाचन टोली तथा सुरक्षाकर्मी बोकेको गाडी अनियन्त्रित भई पल्टिएको थियो। घटनास्थल दुर्गम क्षेत्र भएकाले प्रारम्भिक उद्धार कार्य स्थानीयबासीको सहयोगमा सुरु गरिएको बताइएको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा कानुनी प्रक्रिया अघि बढाइरहेको छ। घाइतेहरूको संख्या र अवस्था सम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। निर्वाचन तयारीकै क्रममा भएको यस घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण सिर्जना गरेको छ।
प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३

