नेपाल हेल्थ न्युज, मन्थली । रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा आज दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटना फागुन २१ मा हुने निर्वाचनका लागि खटिएको निर्वाचन टोली लिएर जाँदै गरेको ना ४ ख ६७६८ नम्बरको मिनी ट्रक सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
घटनास्थलमै मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक आरपी यादव रहेका छन्। अर्का एक जनाको मृत्यु दुर्घटनामा घाइते भएका शिक्षक डोरप्रसाद घिमिरे (रुद्राक्षेश्वर मावि, मुगिटार) मन्थली अस्पतालमा उपचारका क्रममा भएको मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट केशवसिं धामीले जानकारी दिनुभयो।
दुर्घटनामा घाइते भएका सात व्यक्तिमा जिल्लाको खाँडादेवी गाउँपालिका–४ का ४७ वर्षीय सब्बरबहादुर मानन्धर, भीमबहादुर मानन्धर, रामेछाप नगरपालिका–२ की २८ वर्षीया सविना खड्का, मन्थली नगरपालिका–३ का ४७ वर्षीय केदारकुमार रोक्का, सर्लाहीको लालबन्दी नगरपालिका स्थायी ठेगाना भई हाल भीमेश्वर प्रसुन कँडेल माविका शिक्षक कृष्णप्रसाद घिमिरे, र ठेगाना नखुलेकी २५ वर्षीया दुर्गा कार्की छन्। घाइतेहरुलाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत काठमाडौँमा उपचार भइरहेको छ ।
दुर्घटना भएको गाडीले देउराली र साँघुटार गरी तीन वटा मतदान केन्द्रका निर्वाचन सामग्री, सुरक्षाकर्मी र मतदान अधिकृतसहितको टोली लिएर यात्रा गरिरहेको थियो। मावि देउरालीको निर्वाचन सामग्री बुझाएर गाडी सिरुबारी र हिमगङ्गा मावि साँघुटारमा रहेका दुई मतदान केन्द्रको सामग्री लिन जाँदै थियो।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजनप्रसाद तिमिल्सिनाले दुर्घटनाको कारण अनुसन्धान भइरहेको बताए।
निजी स्वार्थको प्रभाव हटाउन डा. गोविन्द केसीको तीनबुँदे माग
शुक्रबार, साउन १, २०८३
चितवनका अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन १, २०८३
स्वास्थ्य मन्त्रालयको नयाँ संरचना प्रस्ताव, १ हजार ८ सय ६ कर्मचारीको दरबन्दी
शुक्रबार, साउन १, २०८३
एभरेस्ट अस्पताल र डा. ज्योत्सनालाई ३९ लाख क्षतिपूर्ति तिर्न उपभोक्ता अदालतको फैसला
शुक्रबार, साउन १, २०८३
