नेपाल हेल्थ न्युज, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाका केही वडामा दादुरा देखिएपछि स्वास्थ्य अधिकारीहरूले सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन्। हाल वडा नम्बर ७, ८ र ९ मा दादुराका बिरामी फेला परेको जानकारी स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले दिएको छ।
शाखाका अनुसार दादुरा अत्यन्तै छिटो सर्ने रोग भएकाले समुदायमा फैलिने जोखिम उच्च हुन्छ। एक जना संक्रमित व्यक्तिबाट १८ जनासम्ममा संक्रमण सर्न सक्ने भएकाले सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
दादुराका सामान्य लक्षणहरूमा उच्च ज्वरो आउनु, शरीरमा रातो बिमिरा देखिनु, खोकी लाग्नु, आँखा रातो हुनु र रुघा लाग्नु आदि पर्छन्। यस्ता लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा पुगेर जाँच गराउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्।
संक्रमण फैलिन नदिन बिरामीसँग नजिकको सम्पर्क नगर्न, खोक्दा वा हाछ्युँ गर्दा नाक–मुख छोप्न, भीडभाडबाट टाढा रहन र आवश्यक परेमा मास्क प्रयोग गर्न पनि आग्रह गरिएको छ।
स्वास्थ्य अधिकारीहरूले लक्षण लुकाउने वा उपचार ढिलाइ गर्ने बानीले रोग थप फैलिन सक्ने चेतावनी दिएका छन्। त्यसैले समयमै परीक्षण र उपचार गराउन सबैलाई अनुरोध गरिएको छ।
स्वास्थ्य सेवा विभागले हाल उक्त क्षेत्रमा संक्रमणको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको र समुदायलाई स्वास्थ्यसम्बन्धी निर्देशनहरू पालना गर्न आग्रह गरेको छ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
