नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रवाहमा अनियमितता नगर्न सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई चेतावनी दिएको छ।
बोर्डका अनुसार केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमित सेवाग्राहीसँग बीमा प्याकेजभित्र समावेश हुने औषधि तथा औषधिजन्य सामग्रीहरू आफ्नै संस्था वा बाह्य औषधि पसलबाट नगदमा खरिद गर्न लगाएको गुनासो प्राप्त भएको छ। यस्तो कार्य प्रचलित कानुनविपरीत भएको बोर्डले जनाएको छ।
बोर्डले स्पष्ट पारेको छ कि यस्तो गतिविधि स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ तथा सम्बन्धित निर्देशिका र कार्यविधिको विपरीत हो।
यस सम्बन्धमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बीमित नागरिकसँग नगदमा औषधि खरिद गर्न नलगाउन र प्रचलित ऐन, नियमावली, निर्देशिका तथा कार्यविधिको पूर्ण पालना गर्न आग्रह गरेको छ।
अनुगमनका क्रममा कुनै सेवा प्रदायक संस्थाले नियम विपरीत कार्य गरेको प्रमाणित भएमा स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १९ को उपनियम (१) को खण्ड (क) अनुसार कारबाही गरिने बोर्डले जनाएको छ।
उक्त जानकारी डा. पवन कुमार साह, वरिष्ठ मेडिकल सुपरिन्टेन्डेण्ट तथा नीति योजना शाखा प्रमुखले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
