नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रवाहमा अनियमितता नगर्न सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई चेतावनी दिएको छ।
बोर्डका अनुसार केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमित सेवाग्राहीसँग बीमा प्याकेजभित्र समावेश हुने औषधि तथा औषधिजन्य सामग्रीहरू आफ्नै संस्था वा बाह्य औषधि पसलबाट नगदमा खरिद गर्न लगाएको गुनासो प्राप्त भएको छ। यस्तो कार्य प्रचलित कानुनविपरीत भएको बोर्डले जनाएको छ।
बोर्डले स्पष्ट पारेको छ कि यस्तो गतिविधि स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ तथा सम्बन्धित निर्देशिका र कार्यविधिको विपरीत हो।
यस सम्बन्धमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बीमित नागरिकसँग नगदमा औषधि खरिद गर्न नलगाउन र प्रचलित ऐन, नियमावली, निर्देशिका तथा कार्यविधिको पूर्ण पालना गर्न आग्रह गरेको छ।
अनुगमनका क्रममा कुनै सेवा प्रदायक संस्थाले नियम विपरीत कार्य गरेको प्रमाणित भएमा स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १९ को उपनियम (१) को खण्ड (क) अनुसार कारबाही गरिने बोर्डले जनाएको छ।
उक्त जानकारी डा. पवन कुमार साह, वरिष्ठ मेडिकल सुपरिन्टेन्डेण्ट तथा नीति योजना शाखा प्रमुखले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
