नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतम ले नेपाली औषधि उद्योगहरूलाई उत्पादन क्षमता बढाउन र देशलाई औषधिमा आत्मनिर्भर बनाउन जोड दिनुभएको छ।
बिहीबार आयोजित फार्मा एक्स्पो कार्यक्रममा बोल्दै मन्त्री गौतमले नेपालमा औषधि उद्योगहरूको संख्या बढ्दै गए पनि अझै उत्पादन र गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले सरकारले औषधि क्षेत्रको विकासका लागि सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँका अनुसार हाल नेपालमा करिब ८८ वटा औषधि उत्पादन गर्ने कम्पनीहरू सञ्चालनमा छन्। तीमध्ये करिब ५० कम्पनीले विश्व स्वास्थ्य संगठन द्वारा प्रदान गरिने असल उत्पादन अभ्यास (डब्लूएचओ जीएमपी) प्रमाणपत्र प्राप्त गरिसकेका छन्।
मन्त्री गौतमले विगतमा आफू स्वास्थ्य सचिव रहँदा पनि औषधि उद्योगीहरूलाई उत्पादन विस्तार गर्न सुझाव दिएको स्मरण गरिन्। उद्योगहरूले कम उत्पादनमा सीमित नभई ठूलो परिमाणमा उत्पादन गर्ने लक्ष्य राख्नुपर्ने उनको भनाइ थियो।
मन्त्री बनेपछि आफूले औषधि उत्पादक संघ (एपोन) लगायत सरोकारवाला निकायसँग छलफल गरेको बताउँदै उनले उद्योग क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको स्पष्ट पारिन्।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

