नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौंमा आयोजित दशौँ नेपाल फार्मा एक्सपो कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले सरकारले औषधि क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ।
उहाँका अनुसार नेपालमा आवश्यक पर्ने औषधिमध्ये करिब ५० प्रतिशत औषधि स्वदेशमै उत्पादन भइरहेको छ, जसले स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन सहयोग पुर्याएको छ।
उहाँले स्वदेशी औषधि उद्योगले सीमित प्रतिफल हुँदाहुँदै पनि निरन्तर लगानी गरिरहेको भन्दै सराहना गर्नुभयो।
स्वास्थ्य सेवामा औषधिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सबैभन्दा बढी सेवा औषधिसँग सम्बन्धित रहेको बताउनुभयो। साथै नेपालमा स्वास्थ्य सेवामा हुने खर्चमध्ये ५४ प्रतिशतभन्दा बढी रकम नागरिकले आफ्नै खल्तीबाट तिर्नुपर्ने अवस्था रहेको पनि उहाँले बताउनुभयो।
उहाँले औषधि क्षेत्रमा गुणस्तर सुधार, अनुसन्धान, एन्टिमाइक्रोबियल रेजिस्टेन्स नियन्त्रण तथा दक्ष जनशक्ति विकासमा ध्यान दिनुपर्ने बताउनुभयो। मन्त्रालयले औषधि उद्योगसँग सहकार्य गर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

