नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन) का महासचिव सन्तोष बराल ले औषधिको गुणस्तरबारे स्पष्ट धारणा राख्दै गुणस्तरहीन वस्तुलाई औषधि भन्न नमिल्ने बताउनुभएको छ।
नेपाल फार्मा एक्सपो २०२६ को समापन समारोहमा बोल्दै बरालले कुनै पनि औषधिमा आवश्यक गुणस्तर नभए त्यसलाई औषधिको रूपमा स्वीकार गर्न नसकिने उल्लेख गर्नुभयो। उहाँका अनुसार गुणस्तर नभएको वस्तु औषधि नभई अन्य वस्तु मात्र हुने स्पष्ट पार्नुभयो।
बरालले औषधि सम्बन्धी विभिन्न निकायहरू जस्तै औषधि व्यवस्था विभाग, नेपाल औषधि लिमिटेड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल फार्मेसी काउन्सिल, नेपाल मेडिकल काउन्सिल तथा नेपाल मेडिकल एसोसिएसन लगायतका संस्थालाई औषधिको गुणस्तरसम्बन्धी अनावश्यक भ्रम नफैलियोस् भनेर जिम्मेवार भूमिका खेल्न आग्रह गर्नुभयो।
उहाँले औषधि क्षेत्रमा गुणस्तरहीन वस्तु उत्पादन, प्रचार, बिक्री वा प्रयोगमा आएमा त्यसको जिम्मेवारी एपोनले लिन नसक्ने पनि स्पष्ट पार्नुभयो। उहाँका अनुसार त्यस्ता वस्तु औषधिको रूपमा स्वीकार्य नहुने भएकाले त्यसबारे संघ जिम्मेवार नहुने बताउनुभयो।
समापन कार्यक्रममा उपस्थित प्रमुख अतिथि स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव, औषधि व्यवस्था विभागका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका पदाधिकारीप्रति उहाँले आभार व्यक्त गर्नुभयो। साथै एक्सपो सफल बनाउन सहयोग गर्ने प्रायोजक र सहभागी संस्थाहरूको योगदानको पनि प्रशंसा गर्नुभयो।
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
