नेपाल हेल्थ न्युज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उहाँका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो ।
एमाले सचिव पद्मा अर्यालले यो जानकारी दिनुभएको हो । केही दिनयता अस्वस्थ मोहन प्रसादको आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।
उहाँको पार्थिव शरीर ओली निवास गुण्डुमा लैजाने र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने स्रोतले जनायो । मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आउनुभएको थियो । गएराति अप्ठ्यारो महसुस भएपछि उहाँलाई अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा मोहन प्रसादको झापास्थित घरमा पनि आगजनी भएको थियो । त्यसयता उहाँ झापा जानुभएको थिएन । त्यसअघिसम्म उहाँ झापास्थित घरमा आउजाउ गर्नुहुन्थ्यो।
वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालयमा रूपान्तरण गर्न माग
शुक्रबार, असार ५, २०८३
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
शुक्रबार, असार ५, २०८३
दुई चिकित्सकसहित पाँच जना पक्राउ
शुक्रबार, असार ५, २०८३

