नेपाल हेल्थ न्युज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उहाँका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो ।
एमाले सचिव पद्मा अर्यालले यो जानकारी दिनुभएको हो । केही दिनयता अस्वस्थ मोहन प्रसादको आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।
उहाँको पार्थिव शरीर ओली निवास गुण्डुमा लैजाने र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने स्रोतले जनायो । मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आउनुभएको थियो । गएराति अप्ठ्यारो महसुस भएपछि उहाँलाई अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा मोहन प्रसादको झापास्थित घरमा पनि आगजनी भएको थियो । त्यसयता उहाँ झापा जानुभएको थिएन । त्यसअघिसम्म उहाँ झापास्थित घरमा आउजाउ गर्नुहुन्थ्यो।
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
