नेपाल हेल्थ न्युज, काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौं महानगरपालिका र वीर अस्पतालबीच सम्झौता भएको छ ।
काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक प्राडा दिलीप शर्माका बीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको समेत उपस्थिति थियो ।
कार्यवाहक प्रमुख डङ्गोलले क्यान्सरबाट धेरै महिलाले अकालमा ज्यान जाने गरेको उल्लेख गर्दै क्यान्सरबाट बच्ने उपायमध्ये नियमित परीक्षण गराउन एउटा विधि रहेको बताउनुभयो।
अस्पतालका निर्देशक प्रा डा शर्माले महिलाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि समयमा नै स्क्रिनिङ गर्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य विभागका प्रमुख केसीका अनुसार महानगरभित्रका ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला र गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट हुनुभएका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाहरू परीक्षण र प्रारम्भिक उपचार गरिने बताउनुभयो । उहाँले क्यान्सर परीक्षण चैत १६ गतेदेखि हुने र हरेक दिन १०० देखि १२० जनासम्मको परीक्षण गर्ने बताउनुभायो ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
