नेपाल हेल्थ न्युज, काठमाडौं । बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा संक्रमण खोप अभियानपछि घट्दै गएको छ। एक हप्ता अघि ४० जना बिरामी अस्पतालको आइसोलेसनमा रहेकामा अहिले घटेर १५ जनामात्र उपचाररत छन्।
फागुनको पहिलो सातादेखि सुरु भएको संक्रमण बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँमा बढी देखिएको थियो। कुल १३० संकास्पद बिरामीमध्ये ९२ जना अस्पताल भर्ना भएका थिए, जसमा ७७ जना उपचारपछि घर फर्किसकेका छन्। परीक्षण गरिएका ३१ जनामध्ये ११ जनामा दादुरा पुष्टि भएको थियो।
संक्रमण नियन्त्रणका लागि खोप अभियान, सचेतना कार्यक्रम र आइसोलेसन व्यवस्थापन प्रभावकारी देखिएको छ। हालसम्म ५ हजार ८ सय ५० बालबालिका, किशोर–किशोरी र स्वास्थ्यकर्मीलाई खोप लगाइएको छ।
खोप लगाएपछि ५–७ दिनमै संक्रमण दर घट्न थालेको जनस्वास्थ्य अधिकारीहरूले बताएका छन्। अवस्था सुधारिँदै गएपछि एक हप्ता बन्द रहेका विद्यालयहरू पनि सावधानी अपनाएर पुनः सञ्चालनमा आएका छन्।
स्वास्थ्य अधिकारीहरूका अनुसार थप फैलावट रोक्न छुटेका व्यक्तिहरूलाई समेत खोप लगाउने कार्य जारी छ। अहिले ढोरपाटनको जनजीवन बिस्तारै सामान्य हुँदै गएको छ।
बाढी–पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटिन मेडिकल काउन्सिलको आग्रह
बुधबार, भदौ १०, २०८३
रसुवा बाढीका पीडितलाई स्वास्थ्य तथा राहत सामग्री पठाउँदै डब्ल्यूएचओ
बुधबार, भदौ १०, २०८३
रसुवामा बाढीपछि स्वास्थ्य मन्त्रालय ‘हाई अलर्ट’मा, अस्पतालहरू तयारी अवस्थामा
बुधबार, भदौ १०, २०८३
रसुवाका बाढी प्रभावित क्षेत्रमा उद्धार र स्वास्थ्य सेवा तीव्र बनाइँदै
बुधबार, भदौ १०, २०८३
