नेपाल हेल्थ न्युज, भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ले विभिन्न पदमा करार सेवामा कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरेको छ। केन्द्रले प्रकाशित सूचनाअनुसार योग्य तथा इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिनुपर्नेछ।
निर्धारित म्यादपछि वा अपूर्ण दरखास्तहरूलाई मान्यता नदिने जनाइएको छ। केन्द्रका अनुसार करार सेवाका लागि लिखित परीक्षा मिति पछि सार्वजनिक गरिनेछ।
भर्ना खुला गरिएका पदहरूमा कन्सल्टेन्ट (प्रत्यारोपण शल्यचिकित्सा तथा हेपाटिको–प्याङक्रियाटो विलियरी सर्जरी) नवौं तहमा १ जना, सिनियर रजिस्ट्रारररजिस्ट्रार (नेफ्रोलोजिस्ट) आठौं तहमा १ जना, मेडिकल अधिकृत आठौं तहमा १ जना, ट्रान्सप्लान्ट कोर्डिनेटर छैटौं तहमा १ जना, स्टाफ नर्स पाँचौं तहमा २ जना तथा रेडियोग्राफर पाँचौं तहमा १ जना माग गरिएको छ।
दरखास्त फाराम, आवश्यक शैक्षिक योग्यता तथा परीक्षा सम्बन्धी विस्तृत जानकारी केन्द्रको सूचना पाटी, आधिकारिक फेसबुक पेज वा वेबसाइटमार्फत उपलब्ध हुने बताइएको छ।

टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

