नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ( एन–एच–आर–सी ) ले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना हुन गइरहेको १२औँ राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन ( एप्रिल १०–१२, २०२६) का लागि विभिन्न विधाका अवार्डहरूमा आवेदन आह्वान गरेको छ ।
परिषद्ले प्रकाशित सूचनाअनुसार नेपाली वैज्ञानिक तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गर्दै चार विधामा पुरस्कार प्रदान गरिनेछ । जसमा हेल्थ रिसर्च अवार्ड, यङ हेल्थ रिसर्चर अवार्ड, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट अवाड मेडिकल डाक्टर क्याटेगोरी तथा हेल्थ जर्नालिस्ट अवार्ड समावेश छन्।
हेल्थ रिसर्च अवाडका लागि आवेदक नेपाली नागरिक हुनुपर्ने, अनुसन्धान नेपालमै सम्पन्न भएको हुनुपर्ने र स्वास्थ्यसँग सम्बन्धित विषयमा आधारित हुनुपर्ने उल्लेख गरिएको छ । साथै, आवेदकले सन् २०२१ जनवरीदेखि २०२५ डिसेम्बरसम्म पबमेडमा सूचिकृत बायो–मेडिकल जर्नलहरूमा प्रकाशित लेखहरू समावेश गरी आवेदन दिनुपर्नेछ । ती लेखहरूमा आवेदक वा फस्र्ट÷ लास्ट करेस्पोन्डिङ अथर नभएको हुनुपर्ने प्रावधान राखिएको छ ।
त्यस्तै, यङ हेल्थ रिसर्चर अवार्ड का लागि ४० वर्ष मुनिका नेपाली नागरिक योग्य हुनेछन् । यसअन्तर्गत पनि नेपालमै सम्पन्न अनुसन्धान तथा विगत पाँच वर्षभित्र प्रकाशित लेखहरू आवश्यक पर्नेछन् ।
मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट अन्तर्गतको यङ हेल्थ रिसर्च अवार्ड – मेडिकल डाक्टर श्रेणी ) भने चिकित्सकहरूका लागि लक्षित गरिएको छ । यसका लागि आवेदक ४० वर्ष मुनिको चिकित्सक हुनुपर्नेछ र प्रस्तुत गरिएका लेखहरू फस्र्ट÷ लास्ट करेस्पोन्डिङ वा करेस्पोन्डिङ अथर स्वयं आवेदक हुनुपर्नेछ ।
हेल्थ जर्नालिस्ट अवाड अन्तर्गत स्वास्थ्य अनुसन्धानसँग सम्बन्धित सामग्री प्रकाशन वा प्रसारण गर्ने पत्रकारहरूलाई सम्मान गरिनेछ । यसका लागि आवेदकले कम्तीमा पाँच वर्षदेखि निरन्तर यस क्षेत्रमा सक्रिय भई विगत पाँच वर्षभित्र प्रकाशित सामग्रीहरू समावेश गरी आवेदन दिनुपर्नेछ ।
आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण ( सीभी ), प्रकाशित लेखहरूको पूर्ण प्रति ( पबमेड आईडी वा लिंकसहित) तथा स्वघोषणा पत्र पेश गर्नुपर्नेछ ।
परिषद्ले सबै अवार्डका लागि छुट्टाछुट्टै मूल्यांकन प्रक्रिया अपनाइने र अपूर्ण वा मापदण्ड नपुगेका आवेदनहरू अस्वीकृत गरिने जनाएको छ । इच्छुक आवेदकहरूले आवश्यक कागजातहरू [email protected] इमेलमार्फत पठाउनुपर्नेछ ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
