नेपाल हेल्थ न्युज, काठमाडौं । वीर अस्पताल मा पहिलोपटक अत्याधुनिक ‘स्पेक्ट–सिटी’ उपकरण जडान गरिएको छ। करिब १५ करोड रुपैयाँ मूल्यको यो मेसिन अन्तर्राष्ट्रिय सहयोगमा प्राप्त भएको हो र अबको एक महिनाभित्र सेवा सञ्चालनमा आउने बताइएको छ।
यो उपकरणले क्यान्सर, मुटु, हड्डी र मिर्गौला सम्बन्धी रोग पहिचान गर्न मद्दत गर्नेछ। ‘स्पेक्ट’ (सिङ्गल फोटोन एमिसन कम्प्युटेड टोमोग्राफी) ले अंगहरूको कार्यक्षमता देखाउँछ भने ‘सिटी’ स्क्यानले शरीरको संरचना देखाउने भएकाले दुवै प्रविधि मिलेर रोगको सटिक पहिचान गर्न सहयोग पुग्छ।
अस्पतालका अनुसार यसबाट क्यान्सरको प्रारम्भिक पहिचान, रोगको फैलावट मूल्यांकन र उपचारको प्रभावकारिता निगरानी गर्न सहज हुनेछ। सेवा सुरु भएपछि बिरामीले विदेश जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
आइसोटोप उपलब्ध भए दैनिक १०–१५ जना बिरामीलाई सेवा दिन सकिने र एउटै परीक्षणबाट धेरै जानकारी पाइने भएकाले समय तथा खर्च दुवै बचत हुने बताइएको छ।
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
