नेपाल हेल्थ न्युज, काठमाडौं । वीर अस्पताल मा पहिलोपटक अत्याधुनिक ‘स्पेक्ट–सिटी’ उपकरण जडान गरिएको छ। करिब १५ करोड रुपैयाँ मूल्यको यो मेसिन अन्तर्राष्ट्रिय सहयोगमा प्राप्त भएको हो र अबको एक महिनाभित्र सेवा सञ्चालनमा आउने बताइएको छ।
यो उपकरणले क्यान्सर, मुटु, हड्डी र मिर्गौला सम्बन्धी रोग पहिचान गर्न मद्दत गर्नेछ। ‘स्पेक्ट’ (सिङ्गल फोटोन एमिसन कम्प्युटेड टोमोग्राफी) ले अंगहरूको कार्यक्षमता देखाउँछ भने ‘सिटी’ स्क्यानले शरीरको संरचना देखाउने भएकाले दुवै प्रविधि मिलेर रोगको सटिक पहिचान गर्न सहयोग पुग्छ।
अस्पतालका अनुसार यसबाट क्यान्सरको प्रारम्भिक पहिचान, रोगको फैलावट मूल्यांकन र उपचारको प्रभावकारिता निगरानी गर्न सहज हुनेछ। सेवा सुरु भएपछि बिरामीले विदेश जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
आइसोटोप उपलब्ध भए दैनिक १०–१५ जना बिरामीलाई सेवा दिन सकिने र एउटै परीक्षणबाट धेरै जानकारी पाइने भएकाले समय तथा खर्च दुवै बचत हुने बताइएको छ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
