नेपाल हेल्थ न्युज, कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी कोटबाडालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । ‘पोषण मैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका, २०७९’ बमोजिम आवश्यक सबै सूचक तथा प्रक्रिया पूरा गरेको उल्लेख गर्दै पोषणमैत्री स्वास्थ्य संस्थाका रूपमा घोषणा गरिएको सूचना अधिकारी कालीकोटका कटक महतले जानकारी दिनुभयो ।
पोषणमैत्री वडा घोषणाका मुख्य सूचकहरू सुनौला हजार दिनका गर्भवती तथा सुत्केरीले स्वास्थ्य संस्थामा नियमित जाँच र पोषण परामर्श पाएको हुनुपर्नेलगायतका मापदण्ड रहेको स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक डा रत्नवीर सुनारले बताउनुभयो ।
बालबालिकाको पोषणका लागि ६ महिनासम्म पूर्ण स्तनपान र ६ महिनापछि थप पोषिलो खाना खुवाइएको, बालबालिकाको पोषण अवस्था सामान्य भएको हुनुपर्ने, स्वच्छ वातावरणमा वडामा खुल्ला दिसामुक्त अवस्था र सफा खानेपानीको सुनिश्चितता हुनुपर्ने मापदण्ड छन् । उहाँले भन्नुभयो, “स्थानीय उत्पादनको उपभोग बढाउने र कुपोषण न्यूनीकरणमा बहुक्षेत्रीय पहल भएमा पोषणमैत्री वडा घोषणा गर्न सकिने मापदण्ड छ ।”
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
