नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि रोकिएको निर्वाचन प्रक्रिया अब पुनः अघि बढ्ने भएको छ। उच्च अदालत पाटनको फैसलापछि लामो समयदेखि अन्योलमा रहेको निर्वाचन प्रक्रिया खुला भएको हो।
उम्मेदवारी कायम गर्नुपर्ने मागसहित डा. अजयकुमार मिश्र, डा. विनोदकुमार महासेठ लगायतले दायर गरेको रिटमा अदालतले पक्षमा निर्णय दिएको छ। न्यायाधीशद्वय डालकुमार खड्का र रमेशप्रसाद ज्ञवालीको संयुक्त इजलासले रिट जारी गर्ने आदेश दिएसँगै निर्वाचनको बाटो खुलेको हो।
यसअघि निर्वाचन समितिले उम्मेदवारीसम्बन्धी गरेको निर्णयविरुद्ध गत पुस ९ गते अदालतमा रिट दायर गरिएको थियो। सोही मुद्दाका कारण निर्वाचन कार्यक्रम केही समयदेखि रोकिएको थियो।
अदालतको निर्णयसँगै अब निर्वाचन प्रक्रिया छिट्टै अगाडि बढ्ने अपेक्षा गरिएको छ। केही दिनअघि चिकित्सकहरूको सर्वपक्षीय भेलाले अदालतको फैसला आएपछि चैत महिनाभित्रै निर्वाचन सम्पन्न गर्ने सहमति गरेको थियो।
उक्त सहमति अनुसार उपत्यकाबाहिर चैत २१ र २२ गते तथा काठमाडौं उपत्यकामा चैत २८, २९ र ३० गते मतदान गर्ने प्रारम्भिक योजना बनाइएको छ। अदालतको आदेशपछि निर्वाचन समितिले छिट्टै औपचारिक सूचना प्रकाशित गरी मिति तय गर्ने तयारी गरिरहेको बुझिएको छ।
यो निर्णयसँगै चिकित्सक संघको नेतृत्व चयनमा देखिएको लामो अन्योल अन्त्य भएको छ र अब नयाँ कार्यसमिति चयनको प्रक्रिया तीव्र हुने अपेक्षा गरिएको छ।
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएका हेमोडायलासिस मेसिन सञ्चालनमा
शुक्रबार, जेठ २९, २०८३

