नेपाल हेल्थ न्युज, काठमाडौं । प्रदेश सरकार अन्तर्गतका अस्पतालहरूमा करार तथा छात्रवृत्ति कार्यक्रममार्फत कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूको तलब भत्ता भुक्तानीका लागि सरकारले ७० करोडभन्दा बढी रकम उपलब्ध गराएको छ।
अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा उक्त बजेट स्वीकृत गरी सातै प्रदेशका सम्बन्धित मन्त्रालयहरूमा वित्तीय हस्तान्तरण गरिसकेको जनाएको छ। यो प्रक्रिया फागुन १५ गतेबाट सुरु गरिएको थियो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार बजेट निकासासँगै प्रदेशहरूलाई तलब व्यवस्थापनमा आवश्यक समन्वय गर्न अनुरोध गरिएको छ। यस कदमले लामो समयदेखि भुक्तानीमा ढिलाइ भोगिरहेका स्वास्थ्यकर्मीहरूको समस्या समाधान हुने विश्वास लिइएको छ।
प्रदेशअनुसार विनियोजन गरिएको रकम यसप्रकार छः
- कोशी प्रदेशः ७ करोड ३ लाख रुपैयाँ
- मधेश प्रदेशः ५ करोड ४९ लाख ८७ हजार रुपैयाँ
- बाग्मति प्रदेशः १९ करोड ५० लाख रुपैयाँ
- गण्डकी प्रदेशः ७ करोड ९८ लाख ३६ हजार रुपैयाँ
- लुम्बिनी प्रदेशः ६ करोड २५ लाख ५५ हजार रुपैयाँ
- कर्णाली प्रदेशः १९ करोड ७० लाख रुपैयाँ
- सुदूरपश्चिम प्रदेशः ४ करोड २५ लाख रुपैयाँ
प्रकाशित मिति: सोमबार, चैत १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

