नेपाल हेल्थ न्युज, काठमाडौं । प्रहरीले नियन्त्रणमा लिएका पूर्व ऊर्जा मन्त्री तथा कांग्रेस नेता दीपक खड्का स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
खड्कालाई आइतबार पक्राउ गरिएको थियो र सोही दिन अदालतले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
तर, आज बिहान करिब ३ बजे उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको स्रोतले जनाएको छ। हाल उनी अस्पतालको १०२९ नम्बर बेडमा उपचाररत छन्।
गृहमन्त्रीका अनुसार भदौ २४ मा भएको जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दामा खड्काको घरमा भेटिएको रकमबारे अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको हो। उक्त रकम जलेको अवस्थामा फेला परेको थियो।
यस विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाइरहेको छ। विभागले खड्काको घरबाट जलेका नोटका टुक्रा र खरानी समेत संकलन गरिसकेको छ।
यता, सोही आन्दोलन दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा पनि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमै भर्ना भएका छन्। उनी शनिबारदेखि चिकित्सकको निगरानीमा रहेका छन्।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
