नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रम अन्तर्गत सेवा प्रवाहमा लापरवाही र बीमित सेवाग्राहीमाथि भेदभाव गर्ने स्वास्थ्य संस्थाहरूलाई कडा निर्देशन दिएको छ ।
बोर्डले आज जारी गरेको एक सूचनामार्फत प्रचलित ऐन, नियमावली र कार्यविधिको पूर्ण पालना गर्न तथा यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो।
बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले स्वास्थ्य बीमा सेवा प्राप्त गर्न आउने बीमित सेवाग्राहीहरूबाट अग्रिम समय लिनुपर्ने, उनीहरूलाई भेदभावपूर्ण व्यवहार गर्ने र आवश्यक सेवा तथा औषधि उपलब्ध नगराउने गरेको भन्दै बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ।
बोर्डले यस्ता कार्यहरू स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ र प्रचलित अन्य कानुनविपरीत रहेको स्पष्ट पारेको छ।
निर्देशनमा सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई यस्ता गैरकानूनी र नियम विपरीतका गतिविधिहरू तत्काल रोक्न तथा प्रचलित ऐन, नियमावली, निर्देशिका र कार्यविधिको पूर्ण रूपमा पालना गर्न गराउन भनिएको छ ।
साथै, बोर्डले अनुगमनका क्रममा कुनै पनि स्वास्थ्य संस्थाले नियम विपरीत कार्य गरेको प्रमाणित भएमा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा १२ को उपदफा (१) खण्ड (ख) बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
