नेपाल हेल्थ न्युज, काठमाडौं । औषधीको सुरक्षित र गुणस्तरीय बिक्री–वितरण सुनिश्चित गर्न औषधी व्यवस्था विभागले नयाँ निर्देशिका कडाइका साथ लागू गर्ने भएको छ। विभागले ‘कुशल फार्मेसी अभ्यास’ तथा ‘कुशल भण्डारण तथा वितरण अभ्यास’ अनिवार्य रूपमा पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको हो।
हालै जारी सूचनामार्फत विभागले औषधी बिक्री–वितरण संहिता, २०८० कार्यान्वयनमा आइसकेको जानकारी दिँदै नयाँ दर्ता हुने थोक तथा खुद्रा फार्मेसीहरूले तोकिएका सबै मापदण्ड पूरा गरेपछि मात्र सञ्चालन अनुमति पाउने स्पष्ट पारेको छ। यसका लागि आवश्यक पूर्वतयारी पूरा गरी प्रमाणीकरणका लागि आवेदन दिनुपर्नेछ।
त्यसैगरी, पहिलेदेखि सञ्चालनमा रहेका औषधी पसलहरूलाई पनि चरणबद्ध रूपमा नयाँ मापदण्डअनुसार सुधार गर्न निर्देशन दिइएको छ। विभागका अनुसार यस कदमले औषधीको गुणस्तर, सुरक्षित भण्डारण र प्रभावकारी वितरण प्रणालीमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
संहिताको उल्लङ्घन गर्ने संस्था वा व्यवसायीलाई भने औषधी ऐन, २०३५ तथा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत विभागले दिएको छ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
