नेपाल हेल्थ न्युज, चितवन । उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका बिरामीहरूमध्ये १८ जनामा कुष्ठरोग पुष्टि भएको छ। साउन महिनादेखि अस्पतालमा जाँच गराउन आएका बिरामीमध्ये सबैभन्दा धेरै सङ्क्रमित भरतपुर महानगरपालिकामा फेला परेका छन्।
जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार भरतपुर महानगरपालिकामा १३ जना, कालिका नगरपालिकामा चार जना र माडी नगरपालिकामा एक जनामा यो रोग देखिएको छ।
संक्रमितमध्ये १० जना पुरुष र आठ जना महिला रहेका छन्। अघिल्लो आर्थिक वर्षमा भने कुल ४३ जनामा संक्रमण पुष्टि भएको थियो, जसमा २६ पुरुष, १६ महिला र एक जना १४ वर्षमुनिका बालक रहेका थिए।
दुवाडीका अनुसार कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्रे नामक जीवाणुबाट फैलिने सरुवा रोग हो, जुन सुरुआती चरणमा छालामा फुस्रो वा हल्का रातो दागका रूपमा देखापर्छ र ती भागमा स्पर्श गर्दा संवेदना कम हुने गर्छ। अनुहार तथा कानका लोतीमा गिर्खा देखिनु, छाला बाक्लो र चम्किलो हुनु, आँखीभौँ झर्नु जस्ता लक्षण पनि यसका संकेत हुन्। रोग जटिल बन्दै जाँदा अपाङ्गता समेत हुन सक्छ।
यसका साथै स्नायुमा असर परेपछि हातखुट्टा झमझमाउने, स्नायु सुन्निने वा दुख्ने, स्पर्शको अनुभूति हराउने तथा मांसपेशी कमजोर हुने जस्ता लक्षण देखिन सक्छन्। यस्ता संकेत देखिएमा समयमै परीक्षण गराउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्।
कुष्ठरोगलाई लक्षणका आधारमा बढी किटाणु भएको (एमबी) र कम किटाणु भएको (पीबी) गरी वर्गीकरण गरिन्छ। एमबी प्रकारका बिरामीले १२ महिना र पीबी प्रकारका बिरामीले छ महिना नियमित रूपमा औषधि सेवन गर्नुपर्ने चिकित्सकहरूले बताएका छन्।
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर
बुधबार, साउन १३, २०८३
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
