नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रवाहमा अनियमितता नगर्न स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई चेतावनी दिएको छ।
बोर्डले जारी गरेको सूचनाअनुसार केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमितहरूसँग बीमा प्याकेजभित्र समावेश हुने औषधि तथा औषधिजन्य सामग्रीहरू समेत नगदमा खरिद गर्न लगाएको भन्ने गुनासो व्यापक रूपमा प्राप्त भएको छ। यस्तो कार्य नगर्न बोर्डले निर्देशन दिएको छ।
यदि यस्तो गतिविधि गरेको पाइएमा स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम १९ को उपनियम (१) को खण्ड (क) विपरीतअनुसार कारबाही गरिने बोर्डले स्पष्ट पारेको छ।
त्यसैगरी, केही स्वास्थ्य संस्थाहरूले बीमितलाई सेवा लिन अग्रिम समय लिनुपर्ने बाध्यता सिर्जना गर्ने तथा भेदभावपूर्ण व्यवहार गर्ने गरेको गुनासो पनि आएको बोर्डले जनाएको छ। यस्ता गतिविधि दोहोरिएमा स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार कारबाही गर्नुका साथै सम्बन्धित संस्थासँग गरिएको सम्झौता समेत रद्द गरिने चेतावनी दिइएको छ।
बोर्डले औषधि र अन्य सेवाहरूको दररेटका सम्बन्धमा पनि निर्देशन दिएको छ । निर्देशनमा यदि कुनै औषधि वा सेवाको अस्पतालको आफ्नै दररेट बीमा सुविधा थैलीमा उल्लेखित दररेट भन्दा कम छ भने अस्पतालले न्यूनतम दरमै दाबी गर्नुपर्ने जनाएको छ ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
