नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डकी सदस्य जुनु श्रेष्ठले आफ्नो नियुक्ति र पदावधिका विषयमा बाहिर आएका खबरहरू भ्रामक रहेको स्पष्ट पार्नुभएको छ। हालैका दिनमा बोर्डमा नयाँ नियुक्ति वा पुनः नियुक्तिका विषयमा चलेका चर्चाप्रति ध्यानाकर्षण गराउँदै उहाँले त्यसको खण्डन गर्नुभएको हो।
श्रेष्ठका अनुसार उहाँको नियुक्ति २०८० सालमा ४ वर्षका लागि भएको र उक्त पदावधि २०८४ सालसम्म कायम रहनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०८०/०८/१२ को मन्त्रीस्तरीय निर्णयअनुसार उहाँलाई स्वास्थ्य बीमा ऐन, २०७४ को दफा १३ (२) को खण्ड (ङ) बमोजिम बोर्ड सदस्यमा मनोनयन गरिएको थियो।
भ्रामक प्रचारप्रति खेद व्यक्त
श्रेष्ठले सामाजिक सञ्जाल मार्फत यस्तो भन्नुभएको छ: आफ्नो कार्यकाल बाँकी छँदै पुनः नियुक्तिको विषय चर्चामा आउनु आश्चर्यजनक रहेको श्रेष्ठले बताउनुभयो। अहिलेको पुनः नियुक्तिको विषय मेरो जानकारीभन्दा बाहिरको कुरा हो र यससम्बन्धी कुनै आधिकारिक जानकारी मलाई प्राप्त भएको छैन, उहाँले भन्नुभयो, तसर्थ, अहिले आइरहेका नियुक्ति सम्बन्धी खबरहरू भ्रामक हुन् र यसप्रति म खेद व्यक्त गर्दछु।

मन्त्रालयको पत्रले के भन्छ ?
मन्त्रालयले पठाएको नियुक्ति पत्रमा स्पष्ट रूपमा भनिएको छ कि श्रेष्ठलाई ४ वर्षको पदावधि रहने गरी सदस्य पदमा मनोयन गरिएको हो। सो पत्रमा बोर्डको सञ्चालन, विकास र विस्तारमा उल्लेख्य योगदान रहने विश्वास समेत व्यक्त गरिएको छ।
कानुनी रूपमा २०८४ मंसिरसम्म कार्यकाल बाँकी रहेकाले अहिले नै नयाँ नियुक्ति वा पुनः नियुक्तिको चर्चा चल्नुले प्रशासनिक अन्यौलता सिर्जना गरेको उहाँको बुझाइ छ। आधिकारिक स्रोतबाट पुष्टि नभएका समाचारहरूको पछि नलाग्न समेत उहाँले सबैमा आग्रह गर्नुभएको छ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
