नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको भूमिकाप्रति असन्तुष्टि जनाउँदै उनलाई सचेत गराउन आग्रह गरेको छ।
श्रममन्त्री दीपककुमार साहले आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्त गरेको विषयमा आवश्यक निगरानी र संवेदनशीलता नदेखाएको आरोप लगाउँदै रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई पत्र लेखेका हुन्।
पत्रमा यस्तो संवेदनशील विषयमा मन्त्रीस्तरबाट अपेक्षित जिम्मेवारी नदेखिएको उल्लेख गर्दै सचेत गराउन सिफारिस गरिएको छ।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार श्रममन्त्री साहलाई पदमुक्त गरेका छन्। उनी करिब दुई सातामात्रै उक्त पदमा रहेका थिए।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
