नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको भूमिकाप्रति असन्तुष्टि जनाउँदै उनलाई सचेत गराउन आग्रह गरेको छ।
श्रममन्त्री दीपककुमार साहले आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्त गरेको विषयमा आवश्यक निगरानी र संवेदनशीलता नदेखाएको आरोप लगाउँदै रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई पत्र लेखेका हुन्।
पत्रमा यस्तो संवेदनशील विषयमा मन्त्रीस्तरबाट अपेक्षित जिम्मेवारी नदेखिएको उल्लेख गर्दै सचेत गराउन सिफारिस गरिएको छ।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार श्रममन्त्री साहलाई पदमुक्त गरेका छन्। उनी करिब दुई सातामात्रै उक्त पदमा रहेका थिए।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
