नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डसँग सम्बन्धित विवादित नियुक्ति प्रकरणमा दुई उच्च अधिकारीसँग स्पष्टीकरण सोधेको छ।
मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेल लाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाद्वारा जारी पत्रअनुसार सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्ति, बैठकको माइन्युट, निर्णय प्रक्रिया तथा उपस्थितिसम्बन्धी कागजात मिलाउने कार्यमा कर्मचारीहरूको भूमिका रहेको विषय सार्वजनिक भएपछि स्पष्टीकरण मागिएको हो।
शाखा अधिकृत दिपेन्द्र दहालद्वारा हस्ताक्षरित पत्रमा उक्त घटनामा सापकोटा र पौडेलको संलग्नता रहे–नरहेको, साथै यस्तो अवस्था किन र कसरी उत्पन्न भयो भन्नेबारे स्पष्ट पार्न भनिएको छ।
यस प्रकरणमा विशेषगरी निस्क्रिय भइसकेकी बोर्ड सदस्य जुनु श्रेष्ठ लाई पुनः बैठकमा सहभागी गराइएको विषयले विवाद चर्किएको हो। श्रेष्ठ हालै पदमुक्त गरिएका पूर्वमन्त्री दीपक साह की पत्नी हुन्।
राजनीतिक वृत्तमा समेत यस विषयले तरंग ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ले पूर्वमन्त्री साहमाथि पदको दुरुपयोग गर्दै आफ्नी पत्नीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डमा सक्रिय गराएको आरोप लगाउँदै उनलाई फिर्ता बोलाएको जनाएको छ।
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
