नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले सरकारी अस्पतालहरूमा स्वास्थ्य परीक्षणको रिपोर्ट डिजिटल माध्यमबाट उपलब्ध गराउने तयारी भइरहेको बताएकी छन्।
आइतबार वीर अस्पतालको निरीक्षणका क्रममा मन्त्री मेहताले बिरामी तथा उनका आफन्तसँग छलफल गर्दै रिपोर्ट ढिलो आउने समस्या समाधानका लागि नयाँ व्यवस्था ल्याउन लागिएको जानकारी दिइन्।
उनले अब बिरामीले अस्पतालनै नआई अनलाइनमार्फत आफ्ना रिपोर्ट हेर्न सक्ने व्यवस्था गरिने स्पष्ट पारिन्।
निरीक्षणका क्रममा बिरामीहरूले परीक्षण रिपोर्ट समयमै नआउँदा उपचार प्रक्रियामा ढिलाइ हुने गुनासो गरेका थिए। अस्पताल प्रशासनले भने दैनिक करिब ५ हजार बिरामीले बहिरंग सेवा लिने भएकाले रिपोर्ट तयार गर्न समय लाग्ने जनाएको छ।
मन्त्री मेहताले अस्पतालमा आउने बिरामीलाई बाहिरबाट औषधि खरिद गर्नुपर्ने अवस्था अन्त्य गर्न पनि प्रशासनलाई निर्देशन दिएकी छन्। साथै, उनले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने विस्तृत योजना चाँडै सार्वजनिक गरिने जानकारी दिइन्। सरकारको निर्णयअनुसार सार्वजनिक बिदाको दिनमा समेत अस्पतालहरूमा बहिरंग सेवा सञ्चालनमा ल्याइएको छ।
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
